Month: २०८१ भाद्र २, आईतवार १४:३८ गते
तालमा फ्यालिएका युद्ध सामग्री निकाल्ने उपायलाई पुरस्कार दिने स्विट्जरल्यान्डको घोषणा
लुसर्न, टुन वा नर्साटेल तालहरूको पोस्टकार्ड जस्तो मनोरम दृश्य हेरेर रमाउने पर्यटकहरू ती कञ्चन हिमाली पानीहरूभित्र के छ भन्ने थाहा पाउँदा अचम्ममा पर्नसक्छन्। वर्षौँसम्म स्वीस सेनाले यी तालहरूलाई पुराना युद्ध सामग्रीहरूलाई मिल्काउने ठाउँका रूपमा प्रयोग गर्यो। उसलाई ती सामग्रीहरू त्यहाँ सुरक्षित हुन्छन् भन्ने लागेको थियो। लेक लुसर्नमा मात्रै करिब ३,३०० टन अस्त्रहरू भएको अनुमान गरिएको […]
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी
काठमाडौँ — थाइल्यान्डका राजा महा भाजिरालोङकोर्णले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिएका छन् । थाई राजाले आफ्नो जन्मदिनको अवसरमा ७ हजार ५ सय जनालाई आममाफी वा सजाय घटाउने निर्णय गरेका हुन् । तीमध्ये ७५ वर्षीय धनाढ्य पूर्वप्रधानमन्त्री सिनावात्रा एक हुन् । थाक्सिन १५ वर्षको निर्वासनपछि २०२३ को अगष्टमा थाइल्यान्ड फर्केका थिए । त्यसको एक दिनपछि उनलाई भ्रष्टाचार र शक्तिको दुरुपयोग […]
जर्मनीमा ‘१९७४ एडी’ को कन्सर्ट
काठमाडौँ — ‘१९७४ एडी ब्याण्ड’ले भदौ ८ मा जर्मनीमा प्रस्तुति दिने भएको छ । जर्मनीको स्टुगार्टमा कन्सर्ट हुन लागेको ब्याण्डका व्यवस्थापक अनुज कार्कीले जानकारी दिए । ३० औं वर्षगाँठको अवसर पारेर विश्वयात्रा गरिरहेको ब्याण्डले यसअघि मे र जुन महिनामा अमेरिकाका आधा दर्जन शहरमा कन्सर्टमा प्रस्तुति दियो । त्यस्तै, जुलाई र अगस्टमा जापानका टोकियो र क्योटो शहरमा पनि ब्यान्ड […]
उच्च शिक्षामा प्राविधिक क्षेत्रका विद्यार्थी २० प्रतिशत
काठमाडौँ — उच्च शिक्षामा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशत साधारण धारतर्फका र २० प्रतिशतले प्राविधिक क्षेत्रको विषय रोजेको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार देशभर उच्च शिक्षामा प्राविधिक क्षेत्रभन्दा साधारणतर्फका विद्यार्थी धेरै देखिने गरेका हुन् । उच्च शिक्षाका सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा पढ्छन् । हरेक वर्ष उच्च शिक्षामा भर्ना हुने विद्यार्थीमध्ये करिब ८० प्रतिशतले त्रिवि रोज्ने गरेका […]
एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ — आर्थिक वर्ष ०८०/८१ मा रेमिट्यान्समार्फत १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाा मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६.५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा भन्दा यस वर्ष एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० […]
औसत मूल्यवृद्धि ५.४४ प्रतिशत, मरमसला सबैभन्दा महँगो
काठमाडौँ — आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ५.४४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । तर, गत असारमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३.५७ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार महिनामा यस्तो मूल्य वृद्धिदर ७.४४ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष […]
फ्रेन्चाइज भलिबल लिगका खेलाडीहरू
काठमाडौँ — एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धी ६ टोलीका खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले यसअघि नै इन्फिनिटी ड्रिम्स प्रालिसँग मिलेर पहिलो पटक फ्रेन्चाइज अवधारणामा भलिबल लिग आयोजना गर्न लागेको जनाएको छ । टिम काठमाडौं, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले प्रतिस्पर्धा गर्नेछन् । एउटा टोलीमा ९ नेपाली […]
ला लिगा : भ्यालेन्सियामाथि बार्सिलोनाको पुनरागमन जित
काठमाडौँ — रोबर्ट लेवनडोस्कीको दुई गोलमा बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि शनिबार २–१ को पुनरागमन जित रचेको छ । नयाँ प्रशिक्षकका रूपमा ह्यान्सी फ्लिक आएयता बार्सिलोनाको यो पहिलो खेल हो । भ्यालेन्सियाले ह्येगा डुरोको गोलमा सुरुआती अग्रता लिएको थियो । लेवनडोस्कीले पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा बराराबी गोल गरे । त्यसका लागि लामिन यामलले पास उपलब्ध गराएका थिए । त्यसपछि […]
परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने
परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्नेपरराष्ट्र स्रोतका अनुसार भारतको प्रधानमन्त्री कार्यालयले परराष्ट्रमन्त्री राणासँग भेटवार्ताको लागि समय दिएको हो । मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा निस्केकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो । मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भारतका लागि नेपालका कार्यवहाक राजदुत सुरेन्द्र थापा […]
ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनबारे कानुन बनाउन सर्वोच्चको आदेश
काठमाडौँ — सर्वोच्च अदालतले ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले २०८१ वैशाख १७ गते गरेको फैसलाको बुधबार सार्वजनिक गरेको पूर्णपाठमा उक्त कानुन बनाउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको उल्लेख छ । फैसलाको पूर्णपाठमा भनिएको […]